जोडिनुहोस
  • होमपेज
  • वामपन्थीहरू नीति तथा कार्यक्रमको आधारमा मिल्नु पर्छः नेता खनाल

वामपन्थीहरू नीति तथा कार्यक्रमको आधारमा मिल्नु पर्छः नेता खनाल

मोरङ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताएका छन् ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरे ।

नेता खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्दै वामपन्थीहरु अब टाउको गनेर नभइ नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्ने बताए । उनले देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए ।

नेता खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका