जोडिनुहोस
  • होमपेज
  • क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना

अन्तर्राष्ट्रिय

क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना

  • Avatar of Sanchar NP
    Sanchar NP
  • आइतवार, जेष्ठ १७, २०८३
क्यानडालाई ५१ औँ राज्य बनाउने ट्रम्पको चाहना

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन चाहेको बताएका छन्। उनले क्यानडाका कारण वार्षिक दुई अर्ब अमेरिकी डलर खर्च भइरहेको दाबी गर्दै यस्तो बताएका हुन्।

विगतमा नै क्यानडालाई ५१ औँ राज्यको रूपमा देख्न चाहेको बताएका उनले फक्सन्युजसँगको अन्तरवार्ताको क्रममा पनि सोही कुरा सोधिएको थियो।

अन्तरवार्ताको क्रममा ट्रम्पले अमेरिकामा विगतको भन्दा एकदम राम्रो कम गर्ने दाबी गरेका छन्। उनले ४५ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दा डरलाग्दा विपक्षी रहेको बताउँदै अहिले त्यस्तो नभएको दाबी गरेका हुन्। हिले काम गर्नका लागि सहज अवस्था भएको उनको भनाइ छ।

ट्रम्पले अहिले आफ्नो साथमा भएका व्यक्तिसमेत विशेष रहेको दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका