जोडिनुहोस
  • होमपेज
  • ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्सकीको भनाइ

ट्रम्प र पुटिनको सहमति स्वीकार नगर्ने जेलेन्सकीको भनाइ

न्युयोर्क। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आफ्नो अनुपस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले गरेको सहमति मान्य नहुने बताएका छन्।

ट्रम्प र पुटिनले फोन वार्तामा युद्ध विरामको नजिक पुगेको भन्दै युक्रेनलाई नाटोको सदस्यता व्यवहारिक नहुने कुरामा जोड दिएका थिए।

त्यसलगत्तै जेलेन्सकीको यस्तो भनाइ सार्वजनिक भएको हो। ‘एउटा स्वतन्त्र राष्ट्र भएका कारण यो मान्न हुँदैन,’ जेलेन्सकीले भनेका छन्। एक दिन अघि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँगको फोन वार्ता गरेका थिए। वार्तापछि ट्रम्पले युक्रेनको भू–भाग सन् २०१४ कै अवस्थामा नहुनेसमेत बताएका थिए।

ट्रम्पले शुक्रवार म्युनिखमा अमेरिका, युक्रेन र रुसको बिचमा उच्च पदस्थ सुरक्षा सम्मेलनको पनि आह्वान गरेका छन्। जेलेन्सकीले त्यो बैठकमा कुन देशबाट को जाने भन्ने पनि यकिन नभएको बताए।

रुसले यस बारेमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन। जेलेन्सकीका सल्लाहकार डेमेट्री लिभियाटनले म्युनिखमा रुससँगको वार्ता अपेक्षा नगरेको बताए। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग म्युनिखमा जेलेन्सकीको भेट हुने घोषणा भएको थियो।

उनले बेलायत, युरोपेली युनियन र अमेरिकाको उपस्थितिमा शान्ति वार्ता सही हुने कुरा बताएका छन्। बेलायती रक्षा सचिव जोन हेलीले युक्रेनको अनुपस्थितिमा रुस र अमेरिकाले मात्र त्यस देशको बारेमा धारणा बनाउन सही नहुने बताइसकेका छन्।

ब्रसेल्समा जारी नाटो बैठकमा युरोपेली वैदेशिक नीति प्रमुख काजा कालासले अमेरिकाले रुसको पक्षमा आफूलाई प्रस्तुत गरेको आरोप लगाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका