जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो ।

‘हामीले व्यापार विस्तार र जलवायु न्यायका लागि सहकार्यमा केन्द्रित नेपाल–श्रीलंका सम्बन्धको समीक्षा गर्यौं। मैले हाम्रा देशहरू बीच थप हवाई सम्पर्कको लागि पनि अनुरोध गरें, जसमा कोलम्बो–भैरहवा सिधा उडानहरू पनि समावेश छन्,’ श्रीलंकाली समकक्षी हेराथसँगको भेटवार्तापछि राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आइतबार राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । सात दिने भ्रमणका क्रममा राणा ओमानको मस्कटमा छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका