जोडिनुहोस

समाज

लागू औषधसहित २ जना पक्राउ

  • Sanchar NP
  • बिहिबार, बैशाख २४, २०८३
लागू औषधसहित २ जना पक्राउ

काठमाडौं। सर्लाहीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ को मुकेश यादव र सोही ठाउँका वर्ष १९ को संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।

पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.४२ प ४२७० नं. को मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागू औषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरी जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।

मोटरसाइकल चालक मुकेश र पछाडि सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका