
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।
जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा राखेको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका छन् ।
सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर व्यवस्थापन गरिएको छ । बालकोटस्थित ओलीको घर प्रदर्शनकारीले जलाई सकेका छन् ।ओलीलाई यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेको भन्ने बुझिएको छ र बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने सार्वजनिक बक्तव्य समेत दिएका छन् ।





































