देश
अर्थमन्त्री बिष्णु पौडेल भनेर कुटिएका व्यक्ति समाजसेवी तथा ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डन पो रहेछन् ।

काठमाण्डौ, भदौ २४ गते भएको आन्दोलनको क्रममा अर्थमन्त्री बिष्णु पौडेल नै हो भनेर आक्रमण गरिएका व्यक्ति बिष्णु पौडेल नभएर उनी समाजसेवी, चक्रपथ सर-सफाई अभियानका संयोजक तथा ग्रीन सिटि अस्पतालका अध्यक्ष लोक बहादुर टण्डन भएको खुल्न आएको छ । ग्रीन सिटि अस्पतालमा एकजना गोली लागेका आन्दोलनकारी पुगेपश्चात् निजको तत्कालै अप्रेशन गर्नु पर्ने अवस्था भएकोले निज घाईतेलाई तत्कालै अप्रेशन गर्नका लागि ग्रीनसिटि हस्पिटल कै एम्बुलेन्समा राखेर शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएर फर्कने क्रममा आन्दोलनकारीहरु मध्येबाट १/२ जनाले यिनै हुन बिष्णु पौडेल भनेपछी उहाँमाथि एक्कासी आक्रमण भएको रहेछ । त्यसै मध्येको भिडबाट अर्थमन्त्री त होईन उहाँ त लोक बहादुर टण्डन हो भनेपछी धन्न उहाँ जोगिन सफल हुनु भएछ, त्यस्तै प्रहरीको DYSP भनेर दार्चुलाका प्रहरी जवान उत्तम थापालाई पनि आन्दोलनकारीले कुटेर उहाँको ज्यान गएको भन्ने बुझिन आएको छ । यसरी आन्दोलनको लक्ष एकातिर अर्कोतिर यथार्तता नबुझेरै हत्या हिंसा, विध्वंस तथा तोडफोड गर्ने उपर भने कानूनी कारवाही गरिनु पर्दछ । आन्दोलन आवश्यक नै थियो तर आन्दोलन गर्ने तरिका भने ठिक थिएन !





























