जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा आगलागी नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने

अमेरिकामा आगलागी नियन्त्रक सङ्घर्षमा, युक्रेनले सहयोग गर्ने

वासिङ्टन। लस एन्जलसमा ६ दिनदेखि लागेको आगोका कारण अग्नि नियन्त्रक समस्याको सामना गरिरहेको छन्। लगातार चलेको हुरीका कारण उनीहरूको समस्या अझ थपिएको हो। आइतबारदेखि सान्टा आनामा हुरी चलेको छ। सो हुरी बुधबारसम्मचल्ने छ।

पालिसेड र इटनमा आगो केही नियन्त्रणमा आएको छ। यो अहिले सहरको उल्टो दिशामा चलिरहेको छ।

स्थानीय अग्नि नियन्त्रकलाई मेक्सिको र क्यानडाका अग्नि नियन्त्रकले साथ दिइरहेका छन्। उनीहरूलाई युक्रेनी अग्नि नियन्त्रकले पनि साथ दिने जनाइएको छ।

राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १५० अग्नि नियन्त्रक पठाएर सहयोग गर्ने जनाएका हुन्। जेलेन्सकीले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम थियो। अहिले क्यालिफोर्नियामा लागेको आगोको कारण सो भेटवार्ता स्थगित भएको हो।

आइतबार भएको पत्रकार सम्मेलनमा २४ जनाको ज्यान गएको तथा १६ जना अझै हराइएको जनाइएको छ। पालिसेडमा २३ हजार आर्कमा आगो लागेको हो। यसैगरी, इटनमा १४ हजार आर्क तथा रस्टमा ७९९ आर्कमा आगो लागेको हो। अहिले १ लाख ५ हजार जना अझै घर बाहिर रहेका छन्।

९३१ जना स्वयं सेवक तथा अग्नि नियन्त्रक ६ दिनदेखि सक्रिय थिए। अहिले यो सङ्ख्या १४ सय पुगिसकेको छ। उनीहरू आइतबार साँझ सेन्ट एनिटा डोनेसन सेन्टर जम्मा भएका छन्।

बुधबारदेखि त्यहाँ अझ हुरीको बेग बढ्न सक्नेछ। यसले उनीहरूको कामलाई अझ कठिन बनाउन सक्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका