अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय पुरस्कार हिन्दुस्तान गगन गौरव वर्ल्ड एनभाइ फेस्ट–२०२५ नेपालका प्रदिप खनाललाई प्रदान

सांस्कृतिक कूटनीति तथा सभ्यतागत सद्भावनाको क्षेत्रमा ऐतिहासिक मान्यता स्वरूप नेपालका प्रख्यात विश्व आध्यात्मिक दूत प्रदीप खनाल लाई प्रतिष्ठित हिन्दुस्तान गगन गौरव वर्ल्ड एनभाइ फेस्ट–२०२५ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
कर्नाटक राज्य मुक्त विश्वविद्यालय, मैसूरमा आयोजित भव्य अन्तर्राष्ट्रिय समारोहमा दक्षिण एसियाका प्रतिष्ठित शिक्षाविद्, आध्यात्मिक गुरु, कूटनीतिज्ञ तथा नीति–निर्माताहरूको गरिमामय उपस्थितिमा खनाललाई यो सम्मान प्रदान गरिएको हो । उक्त पुरस्कार खनालको अद्वितीय आध्यात्मिक यात्राको सम्मान, समकालीन विश्वमा सनातन धर्मप्रति उहाँले पुर्याउनुभएको अतुलनीय योगदान तथा विभिन्न राष्ट्रबीच जनस्तरीय कूटनीति सुदृढ गर्नुभएको असाधारण भूमिकाको कदर स्वरूप प्रदान गरिएको हो।
कार्यक्रममा १० भन्दा बढी विश्वविद्यालयका कुलपति, वरिष्ठ विद्वान, वातावरणविद् तथा भारत, भूटान, श्रीलंका र नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो, जसले पुरस्कारको अन्तर्राष्ट्रिय गरिमा र प्राप्तकर्ताको विश्वव्यापी हैसियतलाई स्पष्ट रूपमा उजागर गर्यो। आधुनिक कालमै दुर्लभ आध्यात्मिक यात्रा यस सम्मानको मूल केन्द्रबिन्दु एक यस्तो उपलब्धि हो, जसलाई विद्वानहरूले सभ्यतागत र ऐतिहासिक मान्न थालेका छन्।
केवल एक वर्षभित्र प्रदीप खनालले भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र तिब्बत (चीन) गरी छ देशका ४५० भन्दा बढी पवित्र तीर्थस्थलहरूमा दर्शन, पूजा, यज्ञ, संकल्प तथा विविध धार्मिक अनुष्ठान सम्पन्न गरेका छन् ।
३० भन्दा बढी देशको भ्रमण गरिसक्नुभएका खनालले: राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू पूर्व प्रधानमन्त्री तथा राष्ट्रपतिहरू सार्क नेतृत्व तथा अन्तर्राष्ट्रिय संस्थाहरू बेलायती संसद समेतका शैक्षिक तथा सांस्कृतिक मञ्चहरूमा संवाद गरेका छन् । शैक्षिक मान्यता र विश्वव्यापी स्वीकृति पुरस्कार समारोहमा १० भन्दा बढी विश्वविद्यालयका कुलपतिहरूको उपस्थितिले यस सम्मानलाई शैक्षिक रूपमा पनि अत्यन्तै महत्वपूर्ण बनाएको छ ।
अन्तर्राष्ट्रिय प्रशंसा कार्यक्रममा भारत, भूटान र श्रीलंकाका प्रतिनिधिहरूले दक्षिण एसियाली सभ्यतागत सम्बन्ध सुदृढ गर्न खनालको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । वक्ताहरूले आधुनिक कूटनीतिले अर्थतन्त्र र सुरक्षा केन्द्रित भए पनि आध्यात्मिक तथा सांस्कृतिक कूटनीतिले मात्र दीगो विश्वास निर्माण हुने बताए।









































