जोडिनुहोस
  • होमपेज
  • दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो

दसैँपछि खुलेको शेयर बजार २७०० नजिक पुग्यो

काठमाडौं। दसैँपछि खुलेको शेयर बजार २७०० अंक नजिक पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ।

कारोबार रकम भने घटेको छ। दसैँ बिदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो।

उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन्। उत्पादन समूह ०.२२ प्रतिशत घट्यो। फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढ्यो। बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे।

जानकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ तथा आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशत मूल्य बढ्यो।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका