जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आज सुनचाँदीको मूल्य

आर्थिक

यस्तो छ आज सुनचाँदीको मूल्य

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन १८, २०८३
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको मूल्य हालसम्मकै उच्च हो। महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भई कीर्तिमान कायम गरेको छ।

महसङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय निर्धारण भएको छ जबकी आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय १५ निर्धारण भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका