जोडिनुहोस
शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • यसपटक पनि हारे अर्को चुनाव नलड्ने ट्रम्पको घोषणा

अन्तर्राष्ट्रिय

यसपटक पनि हारे अर्को चुनाव नलड्ने ट्रम्पको घोषणा

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, कार्तिक ७, २०८३
यसपटक पनि हारे अर्को चुनाव नलड्ने ट्रम्पको घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् रिपब्लिकन पार्टीबाट चुनावमा राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पले आइतबार एक अन्तर्वार्तामा आगामी नोभेम्बरमा हुने चुनावमा पराजित भए २०२८ को चुनाव नलड्ने बताएका हुन् । उनले भनेका छन्, ‘आगामी नोभेम्बरमा हुने चुनावमा पराजित भए २०२८ को चुनाव लड्दिनँ ।’

ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेको यो तेस्रोपटक हो । त्यसमध्ये एउटा चुनावबाट उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए भने अर्को पटक पराजय व्यहोरेका थिए । ट्रम्पले लड्न लागेको तेस्रो चुनाव भने आगामी नोभेम्बरमा हुँदै छ ।

उनले यसपटकको चुनाव आफुले जित्नेमा विश्वस्त रहेको समेत बताए । अमेरिकामा एक व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति हुन पाउने व्यवस्था छैन । जसका कारण उनले चुनाव जिते भने पनि सन् २०२८ को चुनावमा उनी राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका