जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले आप्रवासीलाई अपराधी झै व्यवहार गर्याेः कोलम्बिया

अमेरिकाले आप्रवासीलाई अपराधी झै व्यवहार गर्याेः कोलम्बिया

कोलम्बिया। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाको सामानमा थप कर लगाउने तथा प्रतिबन्ध गर्ने घोषणा गरेका छन्।

कोलम्बियाले फर्काइएका आप्रवासी बोकेको प्लेनलाई कोलम्बियाले फर्काइ दिएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।

कोलम्बियाका राष्ट्रपतिले अमेरिकाबाट निर्यात सामानलाई यसैगरी थप शुल्क लगाउने बताउँदै आफ्ना नागरिकलाई नागरिक उड्डयन विमानबाट ल्याउने दाबी गरेका छन्। उनले आफ्ना नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नमिल्ने चेतावनीसमेत दिए।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्रम्पको ठुलो आलोचना गरेका छन्। उनले अमेरिकी समानमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणासमेत गरिसकेका छन्।

यसैबीच कोलम्बियाले आफ्ना नागरिकलाई ‘प्रेसिडेन्टल प्लेन’ बाट ल्याउने बताएको छ। त्यस लगत्तै यो सवाललाई अमेरिकाले भने अस्वीकार गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियाले यसअघि नै सैन्य विमानबाट नागरिक ल्याउने कुरा कोलम्बियाले स्वीकार गरेको तर पछिल्लो समय त्यसमा असन्तुष्टि जनाएको आरोप लगाएका छन्।

सिकागोमा धरपकड सुरु गरेको ट्रम्प प्रशासनले सीमाका लागि जिम्मेवारी दिएको टम होम्यानले सीमामा सुरक्षाका लागि रकम बढाउन पर्ने बताएका छन्। उनले त्यहाँ आप्रवासी डिटेन्सन सेन्टरका लागि थप एक लाख बेड आवश्यक रहेको बताएका हुन्।

कोलम्बियापछि ब्राजिलले आफ्ना नागरिकलाई तल्लो तहको व्यवहार गरेको प्रतिक्रिया दिएको छ। विमानमा उनीहरूको हात चेनले बाँधिएको थियो।ब्राजिलले यो दुई देशको सम्झौता विपरीत भएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका