जोडिनुहोस
  • होमपेज
  • नवरात्रमा पनि सुनसान पाथीभरा, बडादसैँको पहिलो दिन जम्मा ६३ जना दर्शनार्थी पुगे

नवरात्रमा पनि सुनसान पाथीभरा, बडादसैँको पहिलो दिन जम्मा ६३ जना दर्शनार्थी पुगे

ताप्लेजुङ। हरेक वर्ष नवरात्रमा सधैँ भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ।

हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन्। बडादसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन्।

गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजाअर्चना गरेका थिए। बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउने गरेका छन्। विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका