जोडिनुहोस
  • होमपेज
  • सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज। सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक–एक लाखको चेक हस्तान्तरण गरेको छ ।

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक–एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेशका चार जिल्लाको ३९ जना मृतकका परिवारलाई जनही एक–एक लाख रुपैयाँको दरले चेक हस्तान्तरण गरिएको हो ।मुख्यमन्त्री सिंहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सनाखत गरेर पठाएको विवरणक आधारमा चेक वितरण गरेको बताए । सिमताल दुर्घटनामा पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका