जोडिनुहोस
  • होमपेज
  • इजरायली आक्रमणबाट लेबनानमा विस्थापित हुनेको सङ्ख्या झन्डै १२ लाख पुग्यो

इजरायली आक्रमणबाट लेबनानमा विस्थापित हुनेको सङ्ख्या झन्डै १२ लाख पुग्यो

एजेन्सी। इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको सङ्ख्या झन्डै १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाइले सार्वजनिक गरेको प्रतिवेदनमा विस्थापितको सङ्ख्या १२ लाख जना आसपास पुगेको उल्लेख छ ।

अहिलेसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन आठ सय ६७ वटा केन्द्र खोलिएको छ । कोही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् ।

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नेटवर्कका प्रमुख कमाण्डर जाही यासेर अब्द अल–राजेक ओफीको ज्यान गएको पुष्टि गरेको छ । उत्तरी वेस्ट बैंकमा रहेको तुलकर्म शरणार्थी शिविरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको ज्यान गएको थियो । त्यही क्रममा कमाण्डर ओफीको पनि ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका