
काठमाडौं। प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् (क्याबिनेट) को बैठक आह्वान गरेका छन् ।
उनले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक सोमबार साँझ ५ बजे बस्ने छ ।
मन्त्रिपरिषद् बैठकमा सरकारले गरिरहेका काम र अबको योजनाबारे छलफल र निर्णय गरिने एक मन्त्रीले जानकारी दिए ।
विपद्मा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । जनतामा निराशा छाइरहेका बेला मन्त्रीपरिषद् बैठकले ठोस निर्णय गर्ने ती मन्त्रीले बताए ।




































