जोडिनुहोस
  • होमपेज
  • आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द

आजदेखि मंसिर ७ सम्म नागढुंगा सडक आंशिक बन्द

काठमाडौं। नागढुंगा सडक आजदेखि आउँदो मंसिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।

नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले सूचना प्रकाशन गरी आजदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जानकारी दिएको हो।

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका