जोडिनुहोस
  • होमपेज
  • पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाश शर्माद्वारा प्रधानमन्त्रीको जवाफ माग

पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा विश्वप्रकाश शर्माद्वारा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय निर्माणका लागि दान लिएको विषयमा सत्ता गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले समेत प्रश्न उठाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठूलो मूल्य बराबरको दान लिने निर्णयले एमालेमाथि मात्र होइन, नेपाली राजनीतिको प्रवृत्तिमाथिसमेत प्रश्न उठेको बताए । यसका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

कांग्रेसले आफ्नै कार्यकर्ताबाट प्राप्त सहयोगबाट कार्यालय निर्माण गरेको दाबी गर्दै महामन्त्री शर्माले राजनीतिक दलले आफ्नो कार्यालय आफ्नै बलमा बनाउनुपर्ने बताए ।

विकास निर्माण तथा विपदबाट प्रभावितको पुनर्स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिनेमा एउटा पार्टीले आफ्नो कार्यालय बनाउन अर्बौंको सहयोग लिनु गलत भएको र यो आलोच्य विषय भएको उनको तर्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका