जोडिनुहोस
  • होमपेज
  • इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

इजरायलको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुख मारिए

काठमाडौं। लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणबाट हिजबुल्लाहका मिडिया प्रमुखसहित तीन जना मारिएका छन्।

बेरुतस्थित सिरियाको बाथ पार्टीको कार्यालयमा निशाना बनाएर इजरायलले गरेको हवाई हमलाबाट हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिमसहितका तीन जना मारिएका स्थानीय टिभी च्यानल अल जदिदले जनाएको छ।

इजरायली लडाकु विमानले रस अल नबा क्षेत्रर सोडेको स्क्वायर कमर्सियल सेन्टरको बीचमा पर्ने कार्यालयमा आक्रमण गरेको थियो। आक्रमण अघि इजरायलले पार्टी कार्यालय खालि गर्न भनेको थियो।

समाचार एजेन्सी सिन्हुवाले बेरुतको टिभी च्यानल अल जदिदलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार आक्रमणबाट पार्टी कार्यालय बसेको भवनको अधिकांश हिस्सा नष्ट भएको छ। भग्नावशेष हटाउँदै पीडितहरुलाई उद्धार गर्ने उद्देश्यले एम्बुलेन्सहरु तैनाथ गरिएको थियो।

इजरायली सेनाले सन् २०२४ को सेप्टेम्बर २३ देखि हिजबुल्लाहविरुद्ध लक्षित गर्दै लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ। अक्टुबरको सुरुदेखि इजरायलले आफ्नो उत्तरी सिमानातर्फको लेबनानको भूमिमा जमिनबाटै प्रहार गर्दै आएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ४५० भन्दा बढी पुगेको छ भने १४ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका