जोडिनुहोस

आर्थिक

शेयर बजार २७४५ अंकमा

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शुक्रबार, साउन २९, २०८३
शेयर बजार २७४५ अंकमा

काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंक बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।

गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका