जोडिनुहोस

प्रदेश

दाङमा सर्प महोत्सव हुँदै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, जेष्ठ २५, २०८३
दाङमा सर्प महोत्सव हुँदै

दाङ। दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए।

महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए। सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उनले बताए।

महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहनेछ। मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए। सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ। दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ। तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका