जोडिनुहोस
  • होमपेज
  • अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

काठमाडौं। अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी–रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ। चौधरीले नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उक्त पुरस्कारबाट सम्मानित गरेको हो।

उर्मिला चौधरी उक्त पुरस्कारबाट सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ।’

पूर्वकमलरीसमेत रहेकी उर्मिला चौधरीले कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन्। ११ वर्ष ‘कमलरी–जीवन’ बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी हुन्।

अमेरिकी विदेश मन्त्रालयले चौधरीसँगै घानाका मानवअधिकारवादी अभियन्ता दिन्ती सुले तायिरु, नर्थ म्यासेडोनियाका अभियन्ता एल्भिस शाक्जिरी, मेक्सिकोको महिलावादी अभियन्ता तान्या दुआर्ते, बोलिभियाकी आदिवासी राजनीतिज्ञ तथा मानवअधिकारवादी अभियन्ता तोमासा यारहुई जाकोमे र नेदरल्याण्ड्सका अभियन्ता एवं पूर्वसांसद जोन लिर्डामलाई प्रदान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका