जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोका कारण रोगको प्रकोप फैलिन सक्छ, सतर्कता अपनाउनूः स्वास्थ्य मन्त्रालय

बाढीपहिरोका कारण रोगको प्रकोप फैलिन सक्छ, सतर्कता अपनाउनूः स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोपछि विभिन्न रोग फैलिनसक्ने भन्दै सतर्कताका निम्ति सबैमा आग्रह गरेको छ । मन्त्रालयले खानेपानीका स्रोतहरू प्रदूषित भएकाले त्यसबाट पानीजन्य रोग फैलिनसक्ने भन्दै यस्तो आग्रह गरेको हो ।

यही अवस्थामा किटजन्य, छालाजन्य, श्वासप्रस्वासजन्य तथा मानसिक समस्या पनि देखिनसक्ने भन्दै रोकथामका निम्ति सरोकारवालाहरूलाई सजग गराएको छ । जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न स्थानीय तह र जिल्लास्तरमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म बाढी प्रभावित २१ जिल्लामा ५६२ जना अस्पताल भर्ना भएको, १०८ जनाले शल्यक्रियासहितको सेवा लिएको मन्त्रालयको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका