
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा ठगी गर्नेलाई कारबाही गर्ने बताएका छन् ।
आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्नेलाई कानुनको दायरामा ल्याउने बताए ।
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले सुशासन कायम गर्ने बताए । ‘सरकारले सहकारी ठगी गर्नेलाई कारबाही सुरु गरेको छ, कानुन अनुसार जो भए पनि कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।





























