जोडिनुहोस
  • होमपेज
  • डेंगु नियन्त्रणका लागि सिंहदरबारमा सरसफाइ अभियान

डेंगु नियन्त्रणका लागि सिंहदरबारमा सरसफाइ अभियान

काठमाडौं। सरकारले डेंगुको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेसंगै सरसफाइ अभियान सञ्चालन गरिएको हो। केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न देशव्यापी रुपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थालिएको हो।

सरकारले डेंगु नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिक समक्ष आग्रह गरेको छ।

सरकारको निर्णयसँगै ‘लामखुट्टे खोजी र नष्ट’ अभियान अन्तर्गत सिंहदरबारमा समेत सरसफाइ गरिएको नायवसुव्वा रामकुमार लम्सालले जानकारी दिए। डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियानलाई निरन्रता दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

pm offi

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका