जोडिनुहोस
  • होमपेज
  • ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलील भने– तपाईँसँग काम गर्न उत्सुक छु

ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलील भने– तपाईँसँग काम गर्न उत्सुक छु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् । उनले आफ्नो एक्स (ट्वीटर) खातामार्फत बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नु भएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु ।’

प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरिएको छ । यस कार्यकालमा दुई देशबीचको सहयोग र सम्बन्धको विस्तार हुने अपेक्षा गरिएको छ ।

oli

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका