जोडिनुहोस
  • होमपेज
  • भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग

भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग

हेटौँडा। भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले सरकारसँग माग गरेको छ।

तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरूले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन्।

नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछी नेपाली फूलमाला उत्पादक किसानहरूलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन्।

त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आयातमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए। यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतीक्षा गरिरहेको उनको भनाइ छ।

‘नेपाल सरकारलाई त्यो भारतीय फूलमाला रोक्नको लागि अनुरोध गर्दछौँ र सम्पूर्ण सयपत्री फूलमाला उत्पादक किसानलाई सजग रहन र भारतीय फूलमाला रोक्न अनुरोध गर्दछौँ,’ अध्यक्ष चौलागाईंले भने। नेपाली सयपत्री फूलमाला मात्रै प्रयोग गर्न पनि उनले अनुरोध गरे।

दीपावली आउनै लाग्दा फ्लोरिकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूलमालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले खेद प्रकट गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?