जोडिनुहोस
  • होमपेज
  • देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, काठमाडौंमा मात्रै चार हजारभन्दा बढी

देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, काठमाडौंमा मात्रै चार हजारभन्दा बढी

काठमाडौं। यो वर्ष (सन् २०२४ जनवरीयता) देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौंमा मात्रै अक्टोबरका २१ दिनमा एक हजार ९९८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका