जोडिनुहोस
  • होमपेज
  • बजारमा अन्डाको भाउ घट्यो, एक्सएल अन्डा प्रतिक्रेट ३ सय ९० मात्र

बजारमा अन्डाको भाउ घट्यो, एक्सएल अन्डा प्रतिक्रेट ३ सय ९० मात्र

 काठमाडौं । अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो ।

नेपालमा अण्डाको उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको हो ।

नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।

यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।

गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो । उक्त समय फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६५ र मिडियमको ५ सय ५० रुपैयाँ पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका