जोडिनुहोस
  • होमपेज
  • सुनको भाउ तोलामै १५ सय बढ्यो, प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

सुनको भाउ तोलामै १५ सय बढ्यो, प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ

काठमाडौं। सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको हो। यसअघि सुनको भाउले गत आइतबार रेकर्ड कायम राखेको थियो। त्यसदिन सुनको भाउ तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको भाउ १ लाख ६७ हजार रहेको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य २ हजार १ सय ५ रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका