जोडिनुहोस
  • होमपेज
  • बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङमा पिकअप भ्यान दुर्घटना, पाँच जनाको मृत्यु

बागलुङ। बागलुङको जैमिनी नगरपालिका– ७ जैदीको व्यार्थला नजिकै पिकअप भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।

मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ।

उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका