जोडिनुहोस
  • होमपेज
  • रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्नु

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्नु

 काठमाडौं । वसन्सथली स्थित  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका छन् ।लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको भनेका छन् । अमेरिकामा रहेका देवकोटाले ‘१० महिना सम्मको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका