जोडिनुहोस
  • होमपेज
  • हिजबुल्लाह लक्षित पेजर विष्फोट इजरायलले गराएको प्रधानमन्त्री नेतन्याहूको स्वीकारोक्ति

हिजबुल्लाह लक्षित पेजर विष्फोट इजरायलले गराएको प्रधानमन्त्री नेतन्याहूको स्वीकारोक्ति

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहलक्षित ‘पेजर विस्फोट’ इजरायलले गराएको स्वीकार गरेका छन्।

पेजर विस्फोट गराएको आरोप लगाइए पनि यसअघि इजरायलले कुनै औपचरिक प्रतिक्रिया जनाएको थिएन । इजरायली सञ्चारमाध्यमहरुले नेतन्याहूलाई उदृत गर्दै पहिलो पटक स्वीकार गरेको जनाएका छन् ।

नेतन्याहूले हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युमा पनि इजरायल जिम्मेवार रहेको स्वीकार गरे । सुरक्षा अधिकारीहरुको विरोधका बाबजुद आफ्नो निर्देशनमा यी दुवै आक्रमण भएको नेतन्याहूको भनाइ छ ।

इजरायलले पहिलो पटक आधिकारिक रूपमा दुवै आक्रमणको जिम्मेवारी स्वीकार गरेको हो । नेतन्याहूले आक्रमणको विरोधमा इजरायली पूर्वरक्षामन्त्री योभ ग्लान्ट पनि रहेको बताए । रक्षामन्त्री ग्लान्टसँग तिक्तिता बढेपछि नेतान्याहु नोभेम्बर ५ मा पदबाट बर्खास्त गरेका थिए ।

यसैबीच, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन आफूले तीनपटक फोनमा कुरा गरेको नेतन्याहूले खुलासा गरे । फोनवार्ता निकै अर्थपूर्ण रहेको बताउँदै नेतन्याहूले इरान प्रतिको दृष्टिकोणमा दुवै नेताको फरक मत नरहेको स्पष्ट दाबी गरे ।

इजरायली सेनाले भने गाजा र लेबनानमा आफ्नो आक्रमणलाई जारी राखेको छ । गाजामा पछिल्लो आक्रमणमा ३० जनाको मृत्यु भएको त्यहाँको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । त्यस्तै लेबनानमा इजरायली सेनाको आक्रमणबाट २३ जनाको मृत्यु भएको र त्यसमध्ये ७ जना बालबालिका रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका