
२८ डिसेम्बर २०२५ देखि २ जनवरी २०२६ सम्म जापानको मेरुथमा ५ दिने अन्तराष्ट्रिय कराते सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपाल, जापान, क्यानडा, भारत र वेलायत देशका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । उक्त सेमिनारको आयोजना भारतका प्रमुख प्रशिक्षण दिलिप कास्यपले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिस्व गोजु-रियो करातेका सदस्य, एसिया कराते महासंघका सचिव तथा युनियन गोजु-रियो कराते संघका अध्यक्ष समेतको उपस्थिती रहेको थियो ।
सो सेमिनारमा नेपालको तर्फबाट जापान गोजु- रियु केन्वाकाई कराते दो संघका सस्थापक कोषाध्यक्ष तथा नेपाल ओकिनावा गोजु-रियु कराते दो संघका प्रमुख प्रशिक्षक डा.तिलु राना, जापान गोजु-रियु केनवाकाई संघका प्रमुख प्रशिक्षक रमेश अधिकारी, जापान गोजु-रियु केन्वाकाई कराते संघका उपाध्यक्ष तथा वरिष्ठ खेलाडी प्रेम थापाको सहभागिता रहेको थियो ।
साथै वेल्ट टेष्टको क्रममा Man Bahadur Bhartal (4 dan), Sher bahadur budhathoki ( 3rd dan), Aadesh aryal (2nd dan), Kritesh khadaka (2nd dan), Kriti kewat (1st dan), Samidun nisha (1st dan), Reedam rana (1st dan)लगायतले पास गरेका छन्









































