जोडिनुहोस
  • होमपेज
  • संविधान संशोधनबारे छलफल हुँदैछः प्रधानमन्त्री

संविधान संशोधनबारे छलफल हुँदैछः प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने, ‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ।’

एक अर्को प्रसङ्गमा ओलीले देशको आर्थिक स्थिति क्रमिक रुपमा सुधार हुँदै गएको जिकिर गरे। ‘आर्थिक स्थितिमा क्रमिक सुधार आइरहेको छ, अहिले आत्तिइहाल्नु पर्ने अवस्था छैन।’

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी बन्न ओली आएका हुन्। प्रतिष्ठानमा करिव ८ वर्षपछि दीक्षान्त समारोह हुन लागेको हो। सन् २०१६ यता बीपीमा दीक्षान्त समारोह हुन सकेको थिएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका