जोडिनुहोस
  • होमपेज
  • दोस्रो दिनको बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगियो

दोस्रो दिनको बयानको लागि रविलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगियो

बुटवल। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई  दोस्रो दिनको बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ।

जिल्ला प्रहरी कार्यालयबाट अहिले बयानको लागि सरकारी ल्याएको हो। बुटवलमा सुपिम सहकारी गठी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याएको थियो।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका