जोडिनुहोस
  • होमपेज
  • १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू

काठमाडौं। १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा हिजोदेखि प्रशिक्षण शुरू भएको हो ।

१९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता आउँदो माघ ५ गतेदेखि मलेसियामा हुँदैछ । त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण चल्ने प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए ।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा नेपाली टोलीले बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका