जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा

प्रधानमन्त्रीभन्दा अघि चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्।

परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए। ‘चिनियाँ राजदूत आएका बेला मन्त्रीज्यूलाई मौखिक निम्तो दिनुभएको थियो,’ परराष्ट्र स्रोतले भन्यो, ‘आज साँझसम्म औपचारिक निम्तो आएपछि उहाँ नोभेम्बरको अन्तिममा चीन जानुहुनेछ।’

चीनले प्रधानमन्त्री ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ। प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ।

चीनबाट भ्रमणको औपचारिक निम्तो आएपछि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई भ्रमणको तयारी गर्न भनेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका