जोडिनुहोस
  • होमपेज
  • ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु

काठमाडौं। ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको भवनबाहिर बुधबार साँझ विस्फोट भएको हो।

विस्फोटपछि भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। तर, उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन।

विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो। ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विस्फोट भएको बयान दिएका छन्।

ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले सामाजिक सञ्जाल एक्समा आक्रमणको निन्दा गर्दै भनेका छन्, ‘यो जानाजानी आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका