जोडिनुहोस
  • होमपेज
  • काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं १६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस काठमाडौं अध्यक्ष सबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए। पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।

काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।

वडा नम्बर १६ को अध्यक्षमा नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने नेकपा एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर उम्मेदवार छन्। एकीकृत समाजवादीका मानन्धरलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका