जोडिनुहोस
  • होमपेज
  • इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

इजरायल र लेबनानबीच युद्धविराम सहमति, संयुक्त राष्ट्रसंघको स्वागत

काठमाडौं। इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो।

तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ। यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास छ।

सहमति अनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ। यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्व्यन गर्न आह्वान गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका