जोडिनुहोस
  • होमपेज
  • ढोरपाटनमा निःशुल्क आँखा शिविर, एक हजार बढीले लिए सेवा

ढोरपाटनमा निःशुल्क आँखा शिविर, एक हजार बढीले लिए सेवा

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।

शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

ढोरपाटन नगरपालिका र लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा भएको शिविरमा आँखाको चेकजाँचसँगै उपचार र मोतिविन्दुको शल्यक्रियासमेत गरिएको छ ।

शिविरको पहिलो दिन पाँच सय ८१ जना र दोस्रो दिन चार सय ७४ जना नागरिकले सेवा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष छविलाल पाण्डेले जानकारी दिए । दुई दिनमा ५४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको उनको भनाइ छ ।

शिविरबाट थप १५ जनाको आँखाको शल्यक्रिया गर्न सिफारिस गरेको आँखा रोग विशेषज्ञ विनम लामिछानेले बताए । शिविरमा नेपाल नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग रहेको थियो ।

ताकम फाउन्डेसन नेदरल्याण्ड्सको विशेष सहयोगमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य सङ्घ, बुर्तिबाङ राइजिङ युवा क्लबले प्राविधिक सहयोग गरेका थिए ।

गत बिहीबार तमानखोला गाउँपालिकामा पनि निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । उक्त शिविरबाट आठ सय जनाले सेवा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका