जोडिनुहोस
  • होमपेज
  • गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी। गाजा पट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ ।

नुसेरात र अल–बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ। आक्रमणमा करिब ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।

लक्षित भवनहरूमा दर्जनौँ विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका