जोडिनुहोस
  • होमपेज
  • संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड

संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ: प्रचण्ड

विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ सङ्कल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका हुन्।

उनले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असनतुष्टी जनतामा रहेको पनि बताए।

उनले  शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र  आम जनताप्रति आभार धन्यवाद व्यक्त गर्दै  जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल गरे।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आफूले नेतृत्व गरेको सरकारकै समयमा सत्यनिरूपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकको अन्तिम रूप दिइएको प्रचण्डले स्मरण गरे।

‘त्यो निष्कर्षतिर जाँदैछ। यसमा खुसी छौँ,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास छ।’

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशीला रहेको बताए।  ‘यहीबाट नयाँ युगको सूत्रपात भएको हो। त्यसकारण आजका दिन हामी सबैले स्मरण गर्नुपर्ने, सम्मान गर्नुपर्ने दिन हो,’ उनले भने।

विस्तृत शान्ति सम्झौता भएको दिनको  अवसरमा प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक लोकतान्त्रिक गणतन्त्रका निम्ति ‘महान् जनयुद्ध’ ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन लगायत न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण शहीदहरूप्रति उच्च श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता योद्धाप्रति सम्मान र घाइतेहरूको स्मरण गर्दै स्वास्थ्यलाभको कामना गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका