जोडिनुहोस
  • होमपेज
  • सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई लामिछानेको निवेदन

सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई लामिछानेको निवेदन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । शुक्रबार रास्वपाका १५ सासंदसहित सभामुख घिमिरेलाई भेट्न पुगेका लामिछानेले आफ्नो सांसद पद निलम्बन कानुनसम्म नरहेको बताएका थिए ।

सभामुख घिमिरेको निजी सचिवालयका अनुसार लामिछानेले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमै आफ्नो निलम्बन फुकुवा गरिदिन अनुरोध गरेका थिए । आफू पुर्पक्षका लागि थुनामा नरहेकाले सांसद पद निलम्बन नहुने पनि लामिछानेको भनाइ छ । लामिछानेले सभामुख घिमिरेलाई भनेका थिए, ’सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन अनुरोध गर्दछु ।’

nibedan 3112025080147 1000x0 1

जवाफमा सभामुख घिमिरे कानुन, संसद् नियमावी र अभ्यासबमोजिम नै सांसद पद निलम्बनको निर्णय गरेको बताएका थिए । सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो, ’मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानुनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद् सुरु हुने अन्तिम समयमा छौं ।’

rabi ghimire 3112025080229 1000x0 1

सभामुख घिमिरेले लामिछानेलाई ’तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’ भनेर सोधेका थिए । त्यसपछि उनले कानुन व्यवसायीलाई स्पष्ट पार्न अनुरोध गरे । सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले गत पुस ८ गते लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको थियो ।

लामिछाने जिल्ला अदालत कास्कीबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । त्यस्तै जिल्ला अदालत काठमाडौंबाट संगठित रूपमा ठगी गरेकझ मुद्दामा ६० लाख रुपैयाँ धरौटी र जिल्ला अदालत रुपन्देहीबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका