जोडिनुहोस
  • होमपेज
  • महिला यू-१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

महिला यू-१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो। नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदा अलआउट भयो।

थाइल्यान्डलाई कम स्कोरमा रोक्न प्लेयर अफ दि म्याच समेत बनेकी कुसुम गोदारले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ९ रन खर्च गरिन्।

रिया शर्मा र रचना कुमारी चौधरीले समान २ विकेट लिए। पुजा महतोले एक विकेट आफ्नो नाममा गरिन्।थाइल्यान्डका कोरानितले बनाएको ६ रन नै सर्वाधिक रह्यो। अन्य तीन खेलाडीले समान ५ रन बनाए। ६ ब्याटर शुन्य रनमा नै पेभेलियन फर्के।

त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो। नेपालकी सना प्रविनले अर्धशतक पूरा गरिन्। उनले ४६ बलमा ७ चौका सहयोगमा ५३ रन बनाइन्। सावित्री धामीले २८ रन थपिन्। सोनी पाख्रीन १९ रनमा रनआउट भइन्।

नेपालले मंगलबार कुवेतसँग पुनः खेल्नेछ। नेपालले कुवेतमाथिको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। तेस्रो खेलमा भने नेपाल घरेलु टोली यूएईसँग १३ रनले पराजित भएको थियो।

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फर्म्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका