जोडिनुहोस
  • होमपेज
  • सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो

सुनको भन्सार दर २० बाट १० प्रतिशतमा झारियो

काठमाडौं। सरकारले सुनको भन्सार दर घटाएको छ। भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशङ्कासहित सरकारले भन्सार दर घटाएको हो।

भन्सार विभागकाअनुसार सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको हो।

यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए। चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ। सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्‍याएको थियो।

उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो। त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो। यसले बजारमा तस्करीको सुन आएको आशङ्का गरिएको छ। औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका