जोडिनुहोस
  • होमपेज
  • माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गयो

माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गयो

काठमाडौं। माडागास्करको तटमा दुई वटा डुङ्गा पल्टिँदा २४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो सोमालियाका नागरिक रहेका स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ ।

दुवै डुङ्गामा गरी ७० जना मानिस थिए । डुङ्गा पल्टिएपछि माछा मार्नेहरूले उद्धार गरेका थिए । दुर्घटनाको कारणबारेमा छानबिन भइरहेको स्थानीय प्रहरीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् ।

पूर्वी अफ्रिकाको देश माडागास्करको बाटो हुँदै अवैधानिक रूपमा युरोप प्रवेश गर्नेहरूमध्ये वर्षेनि धेरैको डुङ्गा दुर्घटनामा ज्यान जाने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका