जोडिनुहोस

खेलकुद

एनपीएलमा आज दुई खेल 

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, असार ४, २०८३
एनपीएलमा आज दुई खेल 

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा दुवैले आ(आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । यो खेल बिहान ९स् १५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै बिराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दोस्रो खेल हुदै छ । विराटनगर लायन्सले आफ्ना यसअघिका दुवै खेलमा हार बेहोरेको छ भने लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल दिउँसो १स् १५ बजेदेखि सुरु हुनेछ ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ८ फ्रेन्चाइजीले भाग लिएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका